दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा स्थानीय तह स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार (आज) नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको अध्यक्षता एबं सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्वमन्त्री मानबहादुर धामी सन्तोषको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गरिएको हो ।
नौगाड गाउँपालिकामा वडा नम्बर ४ मा अवस्थित गणेश बिनायक मावि सिप्टीमा प्रतियोगिता सुरु भएको नौगाड गाउँपालिका उपाध्यक्ष जगतसिंह ठगुन्नाले जानकारी दिनुभयो । पुस ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नौगाड गाउँपालिकाभित्रका ७ वटै माद्यमिक विद्यालयले सहभागिता जनाएको उहाँले बताउनुभयो । एथलेटिक्सका विभिन्न खेलहरु आज आइतबारबाटै सुरु भएको उपाध्यक्ष ठगुन्नाले बताउनुभयो ।
नौगाड गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य मानबहादुर धामीले पालिकास्तरीय खेल सफलताको शुभकामना व्यक्त गर्दै यसपछि आयोजना हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकामा नौगाडबाट उत्साहजनक सहभागितासहित विजय हुन शुभकामना व्यक्त गर्नुभयो । खेल र खेलाडी अनुशासन र राज्यको गहना तथा पहिचान भएको बताउदै उहाँले खेलाडीहरुको उज्जल भविष्यको कामना गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै प्रदेशसभा सदस्य धामीले विगतमा राजतन्त्रले थिलोथिलो पारेको व्यवस्थाका विरुद्ध संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको भन्दै यो व्यवस्था नै सर्वश्रेष्ठ राज्यव्यवस्था भएको धारणा राख्नुभयो । रास्वपा प्रति इगिंत गर्दै उहाँले राजनीतिक लक्ष्य र बैचारीक गन्तव्य नरहेको पार्टीले नयाँ शक्ति भनेर आफ्नो दुनो सोझ्याउने प्रयास गरिरहेको भन्दै युवाहरु सचेत हुनुपर्ने बताउनुभयो । देशको समस्या समाधान गर्नका लागि राष्ट्रिय शक्ति माओबादी, कांग्रेश र एमाले एक ठाउँमा आउनुपर्ने उहाँको भनाई थियो ।
मार्मा क्षेत्रको विकासका लागि माओबादी केन्द्रले धेरै काम गरेको सासंद धामीको भनाई छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया