लटिनाथ नमुना मावी चौपाताबाट एनसीसीमा आवद्ध विद्यार्थी कोहलपुर प्रस्थान

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ नमुना मावि चौपातामा साउन महिनाबाट जारी रहेको राष्ट्रिय सेवा दल (एनसीसी) को विद्यालयस्तरीय तालिम सम्पन्न भएको छ । मावि चौपातामा साउन ५ गतेबाट सुरु भएको राष्ट्रिय सेवा दल तालिम विद्यालयमा सम्पन्न भएको हो । विद्यालयमा सिकेको सीप, कलालाई प्रस्तुत गर्न तथा थप तालिम लिनका लागि एनसीसीमा आवद्ध विद्यार्थीसहितको टोली प्रशिक्षक र संरक्षक शिक्षकसहित आइतबार (आज) कोहलपुर प्रस्थान गरेको छ ।

कोहलपुरमा हुने २१ दिने तालिमका लागि चौपातामा सञ्चालित एनसीसी तालिमका सहभागी ३४ जना विद्यार्थीहरुलाई विदाइ गरिएको बताइएको छ । कोहलपुरमा थप २१ दिने अभ्यास शैन्य तालिमको लागी आज रिठाचौपाताबाट टोली कोहलपुर प्रस्थान गरेको राष्ट्रिय सेवा दल (एनसीसी) का लिडर अनिल कुमार धिनालले बताउनुभयो । विद्यार्थीहरुले सिकेका विभिन्न प्रयोगात्मक तथा अन्य सीपहरुसहित पुस ६ गते विद्यालयमा अभिभावक प्रदशर्नी कार्यक्रम (परेड सो) को समेत आयोजना गरीएको थियो ।

कोहलपुरमा आयोजना हुने तालिममा सहभागी विद्यार्थीहरुको संरक्षक शिक्षकको तर्फबाट दिपक जोशीलाई समेत विद्यार्थीसंगै कोहलपुर पठाइएको छ । कोहलपुरमा २१ दिनको थप शैन्य तालिम लिएपछि विद्यार्थीहरु पुनः विद्यालयमै फिर्ता हुनेछन् ।

सायद ५ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?