दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पालिकास्तरीय महिला सञ्जाल गठन गरिएको छ । लेकम गाउँपालिकाले तयार पारेको महिला सञ्जाल गठन सम्बन्धि कार्यविधि २०७९ अनुसार गाउँपालिका उपाध्यक्ष मावधी जोशीको अध्यक्षतामा १५ सदस्यीय महिला सञ्जाल गठन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष जोशी संयोजक रहेको सञ्जालमा ६ वटै वडाका महिला सञ्जालका अध्यक्ष पदेन सदस्य रहेका छन् । यस्तै महिला समूह, समिति, सहकारीबाट प्रतेक वडाबाट एक/एक जना सदस्य रहेका छन् । थप एक जना कार्यपालिका सदस्य सदस्य रहने व्यवस्था छ । उक्त सञ्जालको सदस्य सचिवमा महिला बालबालिका शाखाका एक कर्मचारी सदस्य सचिव रहनेछन् ।
आज एक औंपचारिक कार्यक्रमका बिच महिला सञ्जाल गठन संगै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दार्चुला बहुमुखी क्याम्पसका उपप्राद्यापक धाना धामीले महिला सञ्जाललाई काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण गरेको लेकम गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कबिता जोशीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया