दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले मङ्गलबार अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।
कार्यकाल एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले गत वर्ष पुस १० गते नियुक्त भई पुस ११ गते शपथ लिनुभएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया