नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा खत्री निर्वाचित

दार्चुला । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको दोस्रो प्रदेश सम्पर्क कमिटीको अधिवेशनबाट खत्री ६७ मत ल्याएर निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार रोशनदेव पन्तले ६२ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका लागि निर्वाचन भएपनि अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।

उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउँद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना निर्विरोध निर्वाचित भए ।

सदस्यहरुमा दीपेन्द्रसिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउँद, सिंहलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, रुपेश कुमार साउँद, नविनराज गिरी निर्विरोध भएका छन् । अन्य केही सदस्य पदहरु भने खाली रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?