पिएम कप क्रिकेट सुदूरपश्चिम छनौटमा बझाङको विजयी शुरूवात, दार्चुला बाहिरियो

दार्चुला । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बझाङले विजयी शुरूवात गरेको छ भने दार्चुला पराजित भएको छ । मंगलबार सम्पन्न खेलमा बझाङले दार्चुलालाई ७ विकेटले पराजित गरेको हो ।

जितका लागि पाएको ९१ रनको झिनो लक्ष्य बझाङले १५.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। जसमा अभिनाश मल्लले ४४ रनको योगदान गरे। उनी म्यान अफ द म्याच समेत चुनिए । दार्चुलाका लागि नरेन्द्र महराले २ विकेट हात पारे।

यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको दार्चुला १७.५ ओभरमा ९० रनमा समेटियो। उसका विपिन धामीले सर्वाधिक २८ रन बनाए। बझाङका सुशील रावल र अशोक धामीले ३र३ विकेट लिए।

पहिलो खेलमै जित निकालेको बझाङले च्याम्पियन बन्ने सम्भावना छ। दार्चुला भने लगातार ३ खेल हार्दै प्रतियोगिताबाट घर फर्किएको छ। प्रतियोगिता अन्तरगत बुधबार बझाङ र डडेल्धुरा प्रतिस्पर्धा िगर्नेछन्।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो। प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?