आज जेष्ठ नागरिक दिवस मनाइँदै

दार्चुला । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । नेपालमा ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो। विसं २०५१ साल पुस ११ गते नेकपा एमाले नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ।

२०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो। एक सयबाट सुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार पुर्‍याएको छ। तत्कालीन भरतमोहन अर्थमन्त्री अधिकारीले २०५१९५२ को बजेटमा सुरु गर्दा मासिक बृद्धभत्ता सय रुपैयाँ थियो।

२०६० सालमा अधिकारीले वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्‍याएका थिए। २०६५ सालमा बाबुराम भट्टराईले भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्‍याए। २०७१ सालमा कांग्रेसका अर्थमन्त्री डाक्टर रामशरण महतले एक हजार पुर्‍याएका थिए। अर्को वर्ष २०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पुर्‍याए।

उक्त रकमलाई २०७६ सालमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा अर्थमन्त्री हुँदा भत्ता तीन हजार बनाएका थिए। आर्थिक वर्ष २०७८ मा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएर ४ हजार पुर्‍याएका थिए। त्यसपछिको सरकारले भने भत्ता बढाएको छैन।

विश्वमा भने संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ लाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको रुपमा मनाउने गरिन्छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?