प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र बाग्मती विजयी

दार्चुला । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई हराएको छ ।

बुधवार भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हराएको हो । मधेसले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि कविता जोशीले २६ र सम्झना खड्काले २१ रन बनाइन् । बलिङतर्फ मधेसकी साक्षी यादव र कविता गौतमले समान २ विकेट लिइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनायो । मधेसका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले ४ विकेट लिइन् ।

यो जितसँगै सुदूरपश्चिम ५ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । मधेस ५ खेलमा २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

यस्तै आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले हराएको छ । बाग्मती प्रदेशले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी कप्तान अस्मिना कर्माचार्य र खुशी डङ्गोलले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनायो । बाग्मतीका लागि हेलिशा गुरुङले ४६ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी शर्मिला रोक्काले २ विकेट लिइन् ।

यो जितसँगै बाग्मती ५ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । लुम्बिनी ५ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?