दार्चुला । दार्चुलाको मार्मा गाउपालिका वडा नम्बर ६ ले वडाभित्र रहेका सम्पुर्ण विद्यालयहरुलाई ग्याँस सिलिण्डर र चुलो बितरण गरेको छ । वडाअध्यक्ष शन्तोषसिंह कोट्टारीको अध्यक्षता र भुपु वडाअध्यक्ष महादेब सिंह डडाल, वडा सचिव मोहनसिंह बिष्ट लगायतको सहभागितामा सबै विद्यालयलाई ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको हो ।
विद्यालयलाई धुवाँ मुक्त बनाउन र दिवा खाजा कार्यक्रमलाई ब्यवस्थापन गर्न ग्याँस चुलो वितरण गरिएको वडाअध्यक्ष शन्तोषसिंह कोट्टारीले बताउनुभयो । विद्यार्थीले दैनिक विद्यालय जादा दाउरा बोकेर लैजानुपर्ने झन्झटबाट मुक्त गर्न पनि ग्याँस सिलिण्डर र चुलो वितरण गर्नुपरेको उहाँको भनाई छ । उक्त कार्यक्रमका लागि डेढ लाख बजेट खर्च भएको बताइएको छ ।
मार्माको वडा नम्बर ६ भित्र रहेका दुई माध्यामिक विद्यालय र सातवटा आधारभुत तहका गरि नौँ वटै बिद्यालयहरुलाई १८ वटा ग्याँस सिलिण्डर र ९ वटा ग्यास चुलो बितरण गरिएको वडासचिव मोहन बिष्टले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया