अपिहिमाल गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिदेखि

दार्चुला । दार्चुला अपिहिमाल गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि (विहिबार) देखि हुने भएको छ । अपिहिमालको वडा नम्बर ४ स्थित सम्तेलीचौर खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भरिका चार वटै माद्यमिक विद्यालयले सहभागिता जनाउने शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

अपिहिमाल गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुन गइरहेको हो । प्रतियोगिता अन्तर्गत छात्रा छात्रा भलिबल, कबड्डी र एथलेटिक्सका खेलहहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

भोलि देखि १४ गते सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय तथा सान्त्वना टिम÷खेलाडीलाइ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

भोलिदेखि शुरु हुने प्रतियोगिताको लागि सबै तयारी पूरा भईसकेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?