एयर कार्गोमार्फत आएको १ किलो गाँजा त्रिभुवन विमानस्थलमा बरामद

दार्चुला । कार्गोमार्फत आएको १ किलो १६० ग्राम गाँजा त्रिभुवन विमानस्थलमा बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कार्गोमार्फत आएको गाँजा बरामद गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार, डिल्लीबजार हुलाक भन्सार कार्यालयलाई शंका लागेपछि गएर जाँच गर्दा गाँजा बरामद भएको हो । बरामद गाँजाको पार्सल अमेरिकाबाट आएको पाइएको उहाँले बताउनुभयो । थप अनुसन्धानका लागि बरामद गाँजालाई लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाउने तयारी छ ।

३० मंसिरमा पनि अमेरिकाबाट आएको ५५ किलो गाँजा बरामद भएको थियो ।अनलाइनखबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?