दार्चुला । नबिल बैंकले गैह्र बैंकिङ सम्पत्ति लिलाम बिक्रीको सूचना निकालेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पत्ती जे जस्तो अवस्थामा रहेको छ, सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्न लागेको हो । बैंकले ऋणीसँग धितो स्वीकारेको सम्पत्ती बिक्री गर्न लागेको जनाएको छ ।
पछिल्लो समय आर्थिक मन्दीका कारण कर्जा तिर्न नसकेका ऋणीबाट धितो स्वीकारेको गैर बैंकिङ सम्पत्ती थुप्रिदै गइरहेको छ । तर, निश्चित क्षेत्रफलभन्दा बढी जग्गा जमिन कसैले पनि राख्न नपाउने व्यवस्था छ । यस्तो सम्पत्ती लिलाम बिक्री गर्दै आइरहेका छन्। तर, पछिल्लो समय धितो लिलाम गर्न पनि बैंकलाई ग्राहक नभेटिएर हम्मेहम्मे पर्ने गरेको बताइन्छ । नबिल बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेदेखि दोलखा, झापा, जनकपुर, कास्की हुँदै दार्चुलासम्म ५२ ठाउँमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।
उल्लेखित जग्गा जमिन इच्छुक खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरुले आफुले के कति मूल्य तिरेर लिन चाहेको स्पष्ट खुलाई १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग बिजुलीबजारमा शिलबन्दी बोलपत्र पेश गर्न भनिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया