डिभाईन युथ क्लव दार्चुलाद्वारा विद्यार्थीलाई न्यानो वस्त्र वितरण

दार्चुला । राधा माधव समिति अन्तरगतको डिभाइन युथ क्लव दार्चुला शाखाले विद्यार्थीलाई न्यानो वस्त्र वितरण गरेको छ । बिहिवार महाकाली नगरपालिका वडा नम्वर ५ मा रहेको जनप्रिय आधारभुत विद्यालय १–८ का विद्यार्थीलाई न्यानो वस्त्र (टोपी र स्वीटर) बितरण गरिएको राधा माधव समिति दार्चुलाका अध्यक्ष नरेन्द्र राज बडूले जानकारी दिनुभयो ।

महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिर र उप प्रमुख दुर्गा कुमारी खत्री विष्टको उपस्थितिमा विद्यालयका ६९ जना विद्यार्थीलाई वस्त्र वितरण गरिएको हो । डिभाइन युथ क्लब नेपाल जगतगुरु कृपालुजि महाराजका नेपाली प्रचारक स्वामी हरिदास जि महाराजले २०६९ सालमा स्थापना गरेको गैरसरकारी, गैरराजनीतिक एवं गैरनाफामुलक संस्था रहेको बडूले बताउनुभयो । देशभरिका युवा, विद्यार्थीलाई संगठित गरेर आत्मज्ञान संगै आध्यात्मिक जागरण गर्ने उद्देश्य राखेको क्लवले सामाजिक सेवाका काम गरिरहेको अध्यक्ष बडूले बताउनुभयो ।

गतवर्ष महाकाली नगरपालिका वडा नम्बर २ का दुइटा विद्यालयमा न्यानो वस्त्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?