दार्चुला । नेकपा (एमाले) दार्चुलाको नवौँ जिल्ला अधिवेसन यहि पुस १८ गते दार्चुला सदरमुकाम खलंगामा उद्घाटन हुने भएको छ । १८ गते विहान ११ बजे उद्घाटन हुने एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेसनलाई सम्बोधन गर्न एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल दार्चुला आउने भएका छन् ।
नवौँ जिल्ला अधिवेसनको तयारी तिब्र पारिएको छ, एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक वडालले भन्नुभयो, बरिष्ठ उपाध्यक्ष पोखरेल पुस १७ गते बेलुकी खलंगा पुग्ने कार्यक्रम तय भएको छ । पोखरेलसंगै एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायत नेताहरु दार्चुला आउने उहाँले बताउनुभयो ।
एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेसन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष एबं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्रीय पदाधिकारीहरुलाई आमन्त्रण गरिएको भए पनि ओलीको व्यस्तताका कारण बरिष्ठ उपाध्यक्ष पोखरेल प्रमुख अतिथिको रुपमा दार्चुला आउने एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।
एमालेले दार्चुलाका वटै ६१ वडामा पुस १४ गते शनिबार एकसाथ अधिवेसन प्रतिनिधि चयन गर्ने जनाएको छ । दलित र जनजाति प्रतिनिधि भने नौँ वटै पालिकाको केन्द्रमा चयन हुनेछन् । नवौँ जिल्ला अधिवेसनमा झण्डै साढे चार सय प्रतिनिधि हुने एमाले दार्चुलाले जनाएको छ । जिल्ला अधिवेसनबाट एकाता र समृद्धिको सन्देशसहित नेतृत्व चयन गरिने एमाले दार्चुलाका इन्चार्ज सहदेब बोगटीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया