आज तमु ल्होसार पर्वको अवसरमा देशभर सार्वजनिक बिदा

दार्चुला । आज तमु ल्होसार पर्व मनाइँदैछ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज यो पर्व नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

यसवर्ष गुरुङ समुदायले ‘हि ल्हो’ अर्थात बिरालो वर्गको बिदाइ गर्दै गिद्ध वर्ग ‘मि–ल्हो को स्वागत गर्दैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।

पुस १५ गतेपछि दिन लामो हुँदै जाने भएकाले यो दिनको महत्व रहेको बताइन्छ । यो पर्वको सम्बन्ध सूर्यको किरणसँग जोडिएको छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप पछि आउने भएकाले माघमा सोनाम ल्होसार र फागुनमा ग्याल्बो ल्होसार मनाइन्छ ।

यस्तै तमु ल्होसार पर्वको अवसरमा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?