दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर २ गोकुलकी ४० वर्षीया दुरीदेवी बडालको भीरबाट खसेको ढुंगा लागेर आज मृत्यु भएको हो ।

आइतबार दिउँसो घरबाट २ सय मिटर टाढा रहेको सडकमा गिट्टी फुटाइरहेकी बडाललाई भीरबाट खसेको ढुंगा उनको मुख र छातीमा लागेर गम्भीर घाइते भएकी थिइन् । घाइते उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?