दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरी बिण स्थाइ ठेगाना भइ हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आएका युवा नेता रघुबिर बोहराको खलंगास्थित घरको छतबाट खसेर ज्यान गएको छ । राष्ट्रिय युवा संघ दार्चुलाका जिल्ला कमिटी सदस्य एबं आसन्न नेकपा (एमाले) दार्चुलाको नवौँ जिल्ला अधिवेसनका अधिवेसन प्रतिनिधि समेत रहनुभएका ४५ वर्षीय बोहराको घाइते अवस्थामा अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
आइतबार (आज) दिउँसो खलंगास्थित आफ्नै घरको छतबाट लडेर बोहरा घाइते हुनुभएको थियो । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बोहरा खलंगास्थित आफ्नै घरको छतमा खानेपानीको पाइप मिलाउने क्रममा लडेर गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लैजादै गर्दा ज्यान गएको आफन्तजनले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




