बाँकेमा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

दार्चुला । बाँकेमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई नेपालगञ्जमा गए राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?