तरुल खोज्न जंगल गएका एक जनाको हत्या

दार्चुला । पर्वतमा तरुल खोज्न जंगल गएका युवकको हत्या भएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नम्बर २ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।

रिजालको उनीसँगै तरुल खोज्न गएका ३५ वर्षीय प्रेमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए ।

प्रेमबहादुर नेपालीले तरुल खन्न प्रयोग गरिएको हतियारले हानेर रिजालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिनुभयो ।

नेपालीको आक्रमणबाट श्रीराम शर्मा पनि घाइते भएका छन् । शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभयो । हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?