दार्चुला । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशी फाइनल प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
कोशीका लागि काजल श्रेष्ठ ३८ रनमा अविजित रहिन् । ३५ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ र अप्सरी बेगम १२ रनमा अविजित रहिन् ।
सुदूरपश्चिमका लागि एक मात्र विकेट लक्ष्मी साउदले लिइन् । टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाएकी थिइन् । त्यस्तै कविता जोशीले १५ र बिन्दु रावलले १७ रन बनाइन् ।
कोशीका लागि स्पिनर संगीता राईले सर्वाधिक २ विकेट लिइन् । सवनम राई, निशा शाह र अलिशा खडियाले १र१ विकेट लिए ।
आइतबार भएको पहिलो क्वालिफायर्समा कोशीलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल पुगेको थियो ।
गत वर्ष कोशीलाई पराजित गर्दै उपाधि जितेको सुदूरपश्चिम यस पटक दोस्रो एलिमिनेटरबाटै बाहिरिएको हो ।अब कोशीले उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल पर्सि बुधवार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया