दार्चुला । दार्चुलामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थक्तोलीकी २३ वर्षीया लक्ष्मी जोशी आज बिहीवार मृत फेला परेकी हुन् ।
उनि आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया