दार्चुला । नेकपा (एमाले) दार्चुलाको नवौं जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कमिटी चयन गरिएको छ । पुस १८ गतेदेखि सुरू भएको जिल्ला अधिवेशन अन्तरगत शुक्रबार (आज) ज्ञानेन्द्र बहादुर घर्तीको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएको हो ।
जिल्ला कमिटीको उपाध्यक्षमा परमानन्द जोशी, सचिवमा उमेशराज जोशी, उपसचिवमा कर्णबहादुर खडायत र कमला पन्त चयन हुनुभएको छ । यस्तै खुला र भूगोल तर्फ सबै कलस्टर समेटेर ९० सदस्यीय जिल्ला कमिटी चयन गरिएको एमाले दार्चुलाका इन्चार्ज एबं अध्यक्ष मण्डलका सदस्य सहदेब बोगटीले जानकारी दिनुभयो ।
प्रस्तावित सहमतिको खाका मनोनयन प्रक्रिया पूरा भएपछि आधिकारिक घोषणा हुनेछ । आजै अधिवेशन सम्पन्न गर्ने गरि सहमति भइसकेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया