अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पायो सफाइ

दार्चुला । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डलाई सफाइ दिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दायर गरेको मुद्दामा सर्वोच्चले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले द्वन्द्वकालीन मुद्दाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि प्रचण्डले आफ्ना पार्टीका नेताहरूलाई चुनाव लड्न नदिने षड्यन्त्र भन्दै द्वन्द्वकालका मुद्दा ब्युँताए विद्रोह गर्ने चेतावनी दिएका थिए।

त्यतिखेर प्रचण्डले शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरसरहको व्यवहार गरे अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठी लगायतले सर्वोच्चमा उजुरी दिएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?