अनलाइनमार्फत गाँजाको केक बेचेको आरोपमा एकजना पक्राउ

दार्चुला । अनलाइनमार्फत लागु औषध गाँजा मिसाएकोे केक बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।

पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू समेत बरामद गरेको छ ।

उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्‍न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?