दार्चुला । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।
आज बसेको माओवादी पदाधिकारी बैठकले सुदूरपश्चिम प्रदेशमा रेनु चन्द, कोशी प्रदेशमा चम्पा कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विकको नाम टुंगो लगाएको हो ।
१९ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सिट पाएको थियो। भोलि २३ गते राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता हुँदै छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया