दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले दुई वटा ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । शिवशक्ती जगदम्बा यमुना जेभी बुद्वनगर काठमाडौंले निर्माणको जिम्मा पाएकाे १० शैय्याको अस्पताल निर्माण लेकम-५ रिठाचौपाता र गगन निर्माण सेवा शैल्यशिखर ९ दार्चुलाले निर्माणको जिम्मा पाएको देथली पिर्तोली अम्कुर सडकको ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरिएको हो ।
निर्माण कार्य सम्पन्न गर्ने अवधि समाप्त भइसकेको र पटकपटक लिखित मौखिक ताकेता गर्दा समेत तोकिएको अवधिभित्र कार्य पूरा नगरेको र कार्यप्रगति सन्तोषजनक नदेखिएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ तथा दफा ६३ को १(ग) बमोजिम ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरिएको लेकम गाउँपालिकाले जनाएको छ ।
यदि ठेक्का सम्झौता रद्ध नगर्नुपर्ने मनासिब कारण भएमा १५ दिनभित्र निर्माण व्यवसायी स्वयम उपस्थित भएर लिखित स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ मा निर्माण भइरहेका उक्त दुबै ठेक्का अस्पताल निर्माण र सडक निर्माणको काममा ठेकेदारको ढिलासुस्ती तथा लापरबाहीले कार्यप्रगति हुन सकेको छैन् ।
ठेकेदारले काम नगरेकै कारण रिठाचौपातामा १० शैय्याको अस्पताल भवन निर्माणको काम सुरू समेत हुन सकेको छैन् । धेरै पटक ताकेता गर्दा समेत जमिन सम्याउने कामबाहेक भवन निर्माणको काम सुरु नगरिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




