दार्चुलामा एक युवती मृत फेला

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–२ मैखोलीमा युवती मृत अवस्थामा फेला परेकी छिन् । पोली हाउसभित्र स्थानीय २० वर्षीया निर्मला सितोली आइतबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ती युवती घर नजिकैको पोलीहाउसको डण्डीमा झुण्डिएकी थिइन् । मृतक सितोलीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?