दार्चुला । दार्चुलामा एक महिलाको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ पथरानी रुक्साल खोलामा आज सोमबार बिहान महिलाको शव फेला परेको हो।
करिब ३५ वर्षीया ती महिलाको हाल सम्म पनि परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो।
अहिले शव गोकुलेश्वर अस्पतालमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया