सुदूरपश्चिममा गठबन्धन र एमालेका उम्मेदवारले गराए उम्मेदवारी दर्ता

दार्चुला । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, गरेर नेकपा (एमाले) का उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी सुदूरपश्चिमबाट धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सत्तारुढ गठबन्धनबाट काँग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

बोहरा कांग्रेसका कञ्चनपुर सभापति, जिल्ला विकास समितिका सभापति र संविधान सभा सदस्य पनि भइसक्नु भएको छ । यस्तै, कैलालीका भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएर अपाङ्गता हुनुभएको छ ।

यस्तै, सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गर्नुभएको छ । चन्द २०६४ सालको संविधान सभा सदस्य पनि हुनुहुन्छ ।

एमालेबाट अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवारी दर्ता गर्नुभएको छ । गोरखापत्र अनलाइन

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?