सुदूरपश्चिम प्रदेशसभाका चार समितिका सभापतिले लिए शपथ

दार्चुला । सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले बुधवार पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बीच चारैजना सभापतिलाई शपत गराएका हुन् ।

विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीमा माया पन्त निर्बिरोध निर्वाचित भएकी थिइन् ।

निर्वाचित सभापतिहरुमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य हुन् ।

चार समितीमा चार जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?