सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकियो

दार्चुला । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ३ ९ङ० बमोजिम ८ वर्ष कैद हुने फैसला सुनाएको हो।

अदालतले उनलाई ३ लाख रूपैयाँ जरिवाना पनि सुनाएको छ। जरिवाना बापतको ३ लाख र पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई ध्यानमा राखेर थप दुई लाख रूपैयाँ क्षतिपूर्ति गरी ५ लाख रूपैयाँ पीडित युवतीलाई भराउन आदेश भएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो।

गत पुस १३ गते नै अदालतले एक युवतीलाई बलात्कार गरेको मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था पनि छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?