शैल्यशिखरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, उपाधी गलैनाथ मावि झरकाँडालाई

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

आज सम्पन्न भएको प्रतियोगिताको उपाधी गलैनाथ मावि झरकाँडाले हात पारेको छ । प्रतियोगितामा सत्यप्रकाश मावि देथला दोस्रो र कृष्ण मावि बालाँचले तेस्रो स्थान प्राप्त गरेका छन् । गोकुलेश्वर मावि गोकुलेले सान्त्वना (चौथो) स्थान प्राप्त गरेको कार्यक्रमका उद्घोषक मनोरथ बिष्टले बताउनुभयो ।

शैल्यशिखर नगरपालिका स्तरीय खेलकुद समितिका सभापति महेश भण्डारीको अध्यक्षतामा आयोजित प्रतियोगितामा शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै नगरप्रमुख विजयसिंह धामीले अनुशासनपुर्वक खेल खेलेकोमा खेलाडी र व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष महेश भण्डारीले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?