दार्चुलामा २६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरि मनाइयो

दार्चुला । दार्चुलामा पनि २६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । स्थानीय श्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं भन्ने नाराका साथ दार्चुलामा पनि राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८० मनाइएको हो ।

महाकाली नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा भुकम्प सुरक्षा दिवस मनाइएको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले बताउनुभयो । दिवसका अवसरमा आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस, स्थानीय जनप्रतिनिधि, कर्मचारी लगायतले विभिन्न जनचेतनामूलक सन्देशसहितका प्ले कार्डहरु बोकेर र्याली निकाल्दै बजार परिक्रमा गरेका थिए ।

दार्चुला जिल्ला भूकम्पको उच्च जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नु अतिआवश्यक रहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । भूकम्पले नभई कमजोर संरचना निर्माणले भूकम्पमा मानिसको ज्यान जाने गरेको भन्दै भुकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो ।

दार्चुलाको नौगाड, अपिहिमाल लगायत विभिन्न स्थानीय तहहरुमा पनी जनचेतनामुलक कार्यक्रमको आयोजना गरि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको बताइएको छ ।

पछिल्लो समय सुदूरपश्चिम क्षेत्रमा आएका भूकम्पलाई जोखिमको पूर्वसङ्केतको रूपमा लिँदै ठूलो विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आँकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनीभूत रूपमा गर्न र पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?