लेकम गाउँपालिकाले शिविरमार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भोलीबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरू हुने भएको छ । लेकम गाउँपालिकाको वडा नम्बर ५ मा बैंकबाटै र बाकी पाँच वटा वडाहरूमा शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुने बताईएको हो ।

चालु आर्थिक बर्ष २०८०र८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सामान्य हिडडुल गर्न नसक्ने सामाजिक सुरक्षा भत्ताा पाप्त गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने नागरिकहरुलाई वडाहरुमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले शिविर सञ्चालन गरिएको  गाउँपालिकाले जनाएको छ ।

जसअन्तरगत भोली र पर्सी वडा नम्बर ६ को कार्यालय उचाकोटमा शिविर सञ्चालन भइरहेको छ । यस्तै वडा नम्बर १ का लाभग्राहीहरुलाई माघ ७ र ८ गते वडा नम्बर १ को कार्यालय समोर्लीमा, वडा नम्बर २ का लाभग्राहीहरुलाई माघ १४ र १५ गते वडा नम्बर २ को कार्यालय कुणीमा सेवा दिईने छ । वडा नम्बर ४ का  लाभग्राहीहरुलाई माघ ९ र १० गते वडा कार्यालय खरकडामा र माघ ११ र १२ गते वडा नम्बर ३ लालीमा सेवा दिईने लेकम गाउँपालिकाका एमआइएस अपरेटर प्रकाशराज बिष्टले बताउनुभयो ।

वडा नम्बर ५ को हकमा लक्ष्मी सनराईज शाखा बैंक नजिकै भएकाले ५ नम्बर वडामा शिविर सञ्चालन नहुने र बैंकबाटै भत्ता वितरण गरिने गाउँपालिकाका एम आई एस अपरेटर प्रकाश बिष्टले बताउनुभयो ।

वडा कार्यालयहरुमै सेवा दिईने भएकाले ज्येष्ठ नागरिकहरुले नेपाली नागरिकताको प्रमाणपत्र, वालवालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र, अपाङ्गको हकमा अपाङ्गता परिचय पत्र, विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्र र लक्ष्मी सनराईज बैंकले उपलब्ध गराएको चेकबुक सहित सम्बन्धित वडा कार्यालयहरुमा उपस्थित भई सेवा लिन आग्रह गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिता गुरुङद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?