दार्चुला । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमको लागि दार्चुलाका चार पालिकासहित देशभरिका १०४ पालिका छनोट भएका छन् । छनोट हुनेमा दार्चुलाका महाकाली नगरपालिका, नौगाड गाउँपालिका, अपिहिमाल गाउँपालिका र मालिकार्जुन गाउँपालिका रहेका छन् ।
नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० बमोजिम चालु आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम सञ्चालनका लागि दार्चुलाका चारसहित देशभरिका १०४ पालिका छनोट भएका हुन्
पुस ५ गते प्रकाशित सूचना अनुसार आवेदन दिने स्थानीय तहमध्ये तोकिएको योग्यता र आधार पूरा गरेका स्थानीय तहहरू माघ २ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार छनोट भएको संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत नवराज सापकोटाले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया