दार्चुलामा महिला, शान्ति, सुरक्षा सम्बन्धि कार्ययोजना कार्यान्वयन जिल्ला समन्वय समिति चयन

दार्चुला । दार्चुलामा महिला, शान्ति, सुरक्षा सम्बन्धि कार्ययोजना कार्यान्वयन जिल्ला समन्वय समिति चयन गरिएको छ । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कस्यप) को अध्यक्षतामा महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदबाट पारित प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धि दोस्रो कार्ययोजना २०७९/०८२ निर्देशक समितिको बैठकबाट कार्ययोजना कार्यान्वयन जिल्ला समन्वय समिति गठन गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा, सबै पालिका प्रमुख, अध्यक्षहरू सदस्य, प्रमुख जिल्ला अधिकारी सदस्य, जिल्ला प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय, सरकारी वकिलको कार्यालय, शिक्षा कार्यालयका प्रमुख गरि १६ सदस्य पदेन रहने व्यवस्था छ । यस्तै पालिकाहरूमा बनेको उपसमिति, द्वन्दपीडित वा प्रभावित महिला, पत्रकार महासंघ, नेपाल बार र महिला, शान्ति र सुरक्षाको क्षेत्रमा कार्यरत विभिन्न संघ, संस्थाको प्रमुख एबं प्रतिनिधि गरि १० जनालाई समितिमा मनोनयन गरिएको छ ।

निर्देशक समिति र योजना कार्यान्वयन जिल्ला समन्वय समितिमा चयन भएकाहरूको नामावली हेर्नुहोस

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?