दुम्लिङमा सशस्त्रको बीओपी भवन शिलान्यास, सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढ्दै

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास गरिएको छ। भारतसित सीमा जोडिएको दुम्लिङमा शनिबार एक कार्यक्रमबीच बीओपी भवनको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले शिलान्यास गर्नुभएको हो ।

दुम्लिङ बीओपीमा जवान ब्यारेकसँगै सोकपिक, सेप्टिक ट्यांक तथा अन्य संरचना निर्माण गरिने सशस्त्र प्रहरी बल नेपाल, हेडकवाटर दार्चुला नम्बर ४४ गणका गणपति (एसपी) डम्मरसिंह विष्टले जानकारी दिनुभयो । बीओपी ब्यारेकमा ४ कोठा निर्माण गरिने बताइएको छ। जगदम्बा निर्माण सेवा प्रालिले ८९ लाख २८ हजार बढी लागतमा निर्माण गर्ने गरी सम्झौता भएको छ । चालु आर्थिक वर्षभित्रै ब्यारेक भवनलगायत सम्पूर्ण संरचना निर्माण गरी सक्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको दुम्लिङ बीओपीले जनाएको छ ।

अहिले दुम्लिङ बीओपी स्थानीयको घर भाडामा लिई सीमा क्षेत्रमा निगरानी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ । पछिल्लो समय दार्चुलाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दै गएको छ ।

सरकारले सशस्त्र प्रहरीको खलंगामा ४४ नम्बर गण र व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुमा ५० नम्बर गुल्म राखेको छ । यस्तै लेकमको लाली, मालिकार्जुनको जोलजिवि, महाकालीको दत्तु, खलंगा पुलघाट, व्याँसको सुन्सेरा र दुम्लिङमा बीओपी तथा सशस्त्र प्रहरीका पोष्ट राखेर सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढ्दै गएपछि अवैध सामाग्रीको ओसारपसार नियन्त्रण तथा सीमा सुरक्षामा सहयोग पुगेको बताइन्छ । यद्धपी अवैध सामाग्रीको ओसारपसार तथा चोरी निकासी रोक्न र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी थप सक्रिय र चनाखो हुनुपर्ने आवश्यकता रहेको सीमा क्षेत्रका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?