दार्चुलाको झरकाँडामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा भिरवाट लडेर एक महिलाको मृत्यु भएको छ । बुधबार ( आज) दिउँसो ३ः३० बजेको समयमा शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकाँडा, पतेगइर  बस्ने ५० वर्षीया अम्बीका जोशीको पटारी धार भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त मनोरथ जोशीले जानकारी दिनुभयो ।

खरघाँस काटन गएको बेला लडेको र बेलुकी अवेर सम्म घर नफर्कीए पछि खोजी गर्न जादा भिरबाट १०० मिटर तल मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।

मृतकका दुई छोरा, एक छोरी र श्रीमान् रहेको बुझिएको छ । अकस्मात भिरबाट लडेर मृत्यु भएपछी परिवार सोकाकुल बनेको छ ।

शवलाई अहिले घरमा ल्याइ राखिएको र भोली विहान गोकुलेश्वरमा पोष्टमार्टम पछि देवलघाट चिहानमा अन्तेष्टी गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?