दार्चुला । नेपाली कांग्रेसले आज देशैभर ७८औँ स्थापना दिवस मनाउँदै छ।
नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले आज (शुक्रबार) विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ। स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी गरिएको कांग्रेसले जनाएको छ।
पार्टी स्थापना दिवसको अवसरमा नेपाली कांग्रेसले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी स्थापना दिवसको अवसरमा ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया