धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

दार्चुला । म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । बिहीबार साँझ बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाको समूहले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। घाइते गर्बुजालाई उपचारका लागि बेनी अस्पतालमा लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार अरु दुई घाइतेको उपचार बेनी अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?