दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा माघ ४ गते वडा नम्बर ६ उचाकोटबाट सुरु भएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण शिविर वडा नम्बर २ कुणीमा पुगेर सम्पन्न भएको छ। शिविरको अन्तिम दिन वडा नम्बर २ कुणीमा ६८ जना महिला र ३३ जना पुरुष गरि कुल १०१ जना ज्येष्ठ नागरिकलाइ सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।
वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशीको आतिथ्यता, पालिकाका शाखागत कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बैंकका कर्मचारी, समाजसेवी तथा सरोकारवालाहरुको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताइएको छ । लेकमको वडा नम्बर ५ मा बैंकबाट तथा अन्य वडाहरुको वडा कार्यालयमै पुगेर ज्येष्ठ नागरिकहरुलाइ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । टाढा–टाढाबाट बैंक सम्म पुग्न अप्ठेरो हुने भएकाले शिविरको आयोजना गरि ज्येष्ठ नागरिकहरुलाई वडा कार्यालयवाटै सेवा दिइएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो ।

माघ ४ गतेबाट सञ्चालन गरिएको उक्त शिविरवाट गाउँपालिकाभित्रका ५ वडाका ५३४ जना महिला तथा ३४० जना पुरुष गरि कुल ८७४ जना ज्येष्ठ नागरिकहरुलाइ सामाजिक सुरक्षा भत्ता बितरण गरिएको गाउँपालिकाका एमआइएस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो ।
वडा नम्बर ५ का लाभग्राहिहरुले लक्ष्मी सर्नराइज बैंक बाटै सेवा लिन सक्ने बैंक कर्मचारी रमेश प्रसाद जोशीले जानकारी दिनुभयो । वडामै भत्ता बुझ्न पाएपछि लाभग्राही जेष्ठ नागरिक खुसी भएका छन् ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




