दार्चुलाको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २५ देखि खलंगामा आयोजना हुने

दार्चुला । दार्चुलामा १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहीँ माघ २५ गते देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन निर्देशक समितिको बैठकले २०८० सालको  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ शिवनगर खेलमैदानमा आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिले जिल्लाका नौँ वटै स्थानीय तहलाई पालिकास्तरमा छनोट भएका विद्यार्थी खेलाडीहरुलाई सहभागी गराइदिन अनुरोध गरेको जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते तथा उसु लगायत खेलहरू खेलाइनेछन् ।

गतवर्ष १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत जिल्ला सदरमुकाम खलंगामै आयोजना गरिएको थियो । यो वर्ष शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा प्रतियोगिता सञ्चालन गर्ने अधिकांश पालिका प्रमुखहरू लगायतबिच अनौपचारिक सहमति भएकोमा निर्देशक समितिले खलंगामै प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त निर्णयप्रति शैल्यशिखर नगरपालिकाले असन्तुष्टि व्यक्त गर्दै गोकुलेश्वरमै प्रतियोगिता सञ्चालन गर्न अनुरोध गरेको जनाएको छ ।

गतवर्ष सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महाकाली नगरपालिकाले हात पारेको थियो ।

दार्चुलाको सबै पालिकामा अन्तर मावि स्तरीय स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेर पालिकास्तरीय टिम छनोट गरिएका छन् । जिल्लामा अन्तरपालिका स्तरीय टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?