दार्चुला । दार्चुला सहित सुदूरपश्चिका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । सुदूरपश्चिमा यो बर्ष पहिलो पटक हिमपात भएको हो । दार्चुला, बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात शुरु भएको स्थानीयहरुले बताएका छन् ।
दार्चुलाको अपिहिमाल, व्याँस लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । यस्तै बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर,खोडपे लगायतका ठाउँमा हिमपात भएको छ भने पाटनको खोड्पे क्षेत्रमा पनि हिमपात भएको छ । सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् ।
यस्तै बझाङ,बाजुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली क्षेत्रहरुमा पनि हिमपात भएको छ । हिउँदे बर्षा र हिमपातले चिसो अत्यधिक बढेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया