लेकम गाउँपालिका-२ को कार्यालय सडकमार्गमा जोडिएपछि उद्धघाटन, स्थानीय खुसी

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ सडक सञ्जालमा जोडिएसंगै सडकको उद्धघाटन गरिएको छ । आज वडा नम्बर २ कुणीमा एक कार्यक्रमको आयोजना गर्दै सडक उद्धघाटन गरिएको हो । वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण दत्त भट्ट, बिशिष्ट अतिथि नेपाली कांग्रेस लेकम गाउँसमिति सभापती कमलापती मिश्र लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, रोजगार संयोजक राधापल्लब जोशी, हुनैनाथ माबि कुणीका प्रधानाद्यापक अम्बादत्त जोशी, स्थानीय एंव सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

वडा नम्बर २ लाई सडक सञ्जालमा जोडन सेलावन देखी वन्साडी सम्म गाउँपालिकाकै बजेट, जनशक्ति र मेसिन प्रयोग गरेर सडक काटिएको गाउँपालिकाले जनाएको छ । छ वर्षअघि लेकमको कुनैपनि वडा कार्यालयसम्म सडक नपुगेको अवस्थामा स्थानीय सरकार आएपछि सडक निर्माणको कामले तिब्रता पाएको थियो । विगत पाँच छ वर्षयता लेकमका वडा बस्ती जोड्ने गरी दर्जनौँ सडकखण्ड निर्माण गरिएका छन् । काटिएका सडकहरुको स्तरोन्नती गर्नुपर्ने आवश्यकता रहेको स्थानीय र यातायात व्यवसायी बताउछन् ।

सडक निर्माणको क्षेत्रमा लेकम गाउँपालिकामा स्थानीय सरकार आएदेखि उल्लेखनिय काम भएको तर अब स्तरोन्नतीमा ध्यान जानु आवश्यक रहेको स्थानीयबासीको भनाई छ । गाउँगाउँमा सडक पुगेपछि यात्रासंगै, विरामीलाई अस्पताल पुर्याउन, निर्माण र खाद्यान्नका सामाग्री ढुवानी गर्न निकै सहज भएको छ ।

यसैबिच लेकमको कुणीमा पहिलोपटक यात्रुवाहक गाडी पुगेका छन् । पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको लेकम गाउँपालिका–२ का वडाअध्यक्ष शिवराज जोशीले बताउनुभयो । अहिले लेकमको वडा नम्बर २ ऐरीछाना धनथला सडक र गोकुलेश्वर लाली दुबै सडकसंग जोडिएको छ । जीप र स्कारपियो कुणी पुगेपछि स्थानीयले चालक र यात्रुहरूलाई स्वागत तथा सम्मान गरेका छन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?