दार्चुलामा वित्तीय सुशासनमा दुहुँ गाउँपालिका प्रथम (सबै पालिकाको नतिजा हेर्नुहोस)

दार्चुला । वित्तीय सुशासन तथा जोखिम मुल्यांकनको नतिजामा दार्चुलाको दुहुँ गाउँपालिका जिल्लामा प्रथम भएको हो । जिल्लाका नौँ वटै स्थानीय तहको नतिजा विश्लेषण गर्दा दुहुँ गाउँपालिका ८५.५ प्रतिशत अंक प्राप्त गर्दै प्रथम भएको हो ।

दुहुँ गाउँपालिकाको प्रारम्भीक नतिजामा पेस भएको अंक ९१.५ प्रतिशत र जिल्ला समन्वय समितिबाट तयार भएको अन्तिम नतिजाको प्राप्ताकं ८५.५ प्रतिशत रहेको छ । यस्तै नौगाड गाउँपालिकाको प्रारम्भीक नतिजामा पेस भएको अंक ८३ प्रतिशत र जिल्ला समन्वय समितिबाट तयार भएको अन्तिम नतिजाको प्राप्ताकं ८२.५ प्रतिशत रहेको छ ।

अपिहिमाल गाउँपालिकाको प्रारम्भीक नतिजामा पेस भएको अंक ८२ प्रतिशत र जिल्ला समन्वय समितिबाट तयार भएको अन्तिम नतिजाको प्राप्ताकं ८२ प्रतिशत रहेको छ ।

मालिकार्जुन गाउँपालिकाको प्रारम्भीक नतिजामा पेस भएको अंक ८३.५ प्रतिशत र जिल्ला समन्वय समितिबाट तयार भएको अन्तिम नतिजाको प्राप्ताकं ८१.५ प्रतिशत रहेको छ ।

महाकाली नगरपालिकाको प्रारम्भीक नतिजामा पेस भएको अंक ८०.५ प्रतिशत र जिल्ला समन्वय समितिबाट तयार भएको अन्तिम नतिजाको प्राप्ताकं ७९.५ प्रतिशत रहेको छ ।

मार्मा गाउँपालिकाको प्रारम्भीक नतिजामा पेस भएको अंक ८५ प्रतिशत र जिल्ला समन्वय समितिबाट तयार भएको अन्तिम नतिजाको प्राप्ताकं ७६.५ प्रतिशत रहेको छ ।

शैल्यशिखर नगरपालिकाको प्रारम्भीक नतिजामा पेस भएको अंक ७५ प्रतिशत र जिल्ला समन्वय समितिबाट तयार भएको अन्तिम नतिजाको प्राप्ताकं ७१ प्रतिशत रहेको छ ।

व्याँस गाउँपालिकाको प्रारम्भीक नतिजामा पेस भएको अंक ७६.५ प्रतिशत र जिल्ला समन्वय समितिबाट तयार भएको अन्तिम नतिजाको प्राप्ताकं ७०.५ प्रतिशत रहेको छ । र लेकम गाउँपालिकाको प्रारम्भीक नतिजामा पेस भएको अंक ७२ प्रतिशत र जिल्ला समन्वय समितिबाट तयार भएको अन्तिम नतिजाको प्राप्ताकं ६६ प्रतिशत रहेको छ ।

योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखा तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षक र राजश्व व्यवस्थापनका आधारमा उक्त मूल्यांकन गरिएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।

सम्बन्धित समाचारः स्वमूल्यांकनमा शैल्यशिखर नगरपालिका दार्चुलामा प्रथम, सुदूरपश्चिम प्रदेशमा तेस्रो स्थानमा

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?