शैल्यशिखरमा सम्पन्न स्वास्थ्य शिविरमा १८ सयले सेवा लिए, १४० बिरामीको शल्यक्रिया गरिने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको आयोजना तथा काठमाडौं मेडिकल कलेज (सिनामंगल) को प्राविधिक सहयोगमा शैल्यशिखरको वडा नम्बर ९ स्थित गोकुलेश्वर माविमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामीको अध्यक्षतामा उद्धघाटन गरिएको स्वास्थ्य शिविरमा दार्चुलावाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यता तथा मेडिकल सञ्चालक प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माको बिशिष्ट आतिथ्यता रहेको थियो ।

नगर उपप्रमुख शान्ति खडायत, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख कर्मचारी, विभिन्न वडाका वडाअध्यक्षहरु, प्रहरी, पत्रकार स्थानीय लगयतको उपस्थितिमा मंगलबार (आज) विहान शिविरको उद्धघाटन गरिएको हो । जटिल तथा सामान्य स्वास्थ्य समस्याको चेकजाच तथा उपचारको लागि टाढा जानुपर्ने अवस्थालाइ मध्यनजर गर्दै नगरपालिकाले आयोजना गरेको स्वास्थ शिविरवाट कुल १८ सय जनालाइ सेवा दिइएको शैल्यशिखर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव दत्त जोशीले जानकारी दिनुभयो ।

१४ जना विशेषज्ञ डाक्टरहरुले विरामीहरूको निःशुल्क स्वास्थ्य जाँच गरेको र जटिल समस्या देखिई शल्यक्रिया गर्नु पर्ने अवस्था रहेका १४० जना बिरामीलाइ शल्यक्रियाको लागी फागुन २ गते काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा पठाउने गरि व्यवस्था मिलाइएको शिविरका टिम लिडर नारायण दाहालले बताउनुभयो ।

नगरबासीहरुलाई शिविरमार्फत बिशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताउनुभयो । शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटु तथा मृगौला रोगसम्बन्धी सेवा प्रदान गरिएको बताइएको छ ।

यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, भिडियो एक्सरे सेवा र प्रयोगशाला सेवा समेत सञ्चालन गरिएको र १८ सय बिरामीमध्ये जटिल अवस्थाका १४० जना बिरामीलाइ शल्यक्रियाको लागी फागुन २ गते काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा पठाउने गरि व्यवस्था मिलाइएको शैल्यशिखर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?