दार्चुला । नेकपा (एकीकृत समाजवादी) दार्चुलाले दार्चुला–तिकंर सडकको विषयमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई विशेष ज्ञापन पत्र पेस गरेको छ । त्रिदेशीय सीमा क्षेत्रमा पर्ने दार्चुला तिकंर सडकलाई प्रयाप्त बजेट विनियोजन गरि राष्ट्रिय गौरवको योजनाका रुपमा प्राथमिकताका साथ निर्माण गर्नुपर्ने माग गरिएको नेकपा (एकीकृत समाजवादी) दार्चुलाका सहइन्चार्ज गणेश कुमार जोशीले बताउनुभयो ।
आर्थिक, धार्मीक र सामरिक दृष्टिकोणले खलंगा तिकंर सडक महत्तपूर्ण रहेको स्मरण गराउदै महाकाली करिडोरबाट छुट्याएर राष्ट्रिय गौरवको योजनाका रुपमा खलंगा तिंकर सडक निर्माण गर्न माग गरिएको उहाँले बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) दार्चुलाका सहइन्चार्ज गणेश कुमार जोशीको नेतृत्वमा गएको एक टोलीले मन्त्री ज्वालालाई ज्ञापनपत्र बुझाएको बताइएको छ ।
ज्ञापनपत्र हेर्नुहोस

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया