एपिएफकी निरुता र डायमन्डकी सुमित्राले भलिबलमा जिते स्कुटर

दार्चुला । नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना र चन्द्रागिरी नगरपालिका न्यु डायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीले १६ औं ढोरपाटन महिला भलिबल लिगमा उत्कृष्ट खेलाडी र उदियमान खेलाडी बन्दै स्कुटर जितेका छन् । प्रतियोगितामा उच्च प्रदर्शन गरेका दुवैले विद्युतीय स्कुटर पुरस्कारस्वरूप प्राप्त गरेका हुन् ।

निरुता सम्मिलित एपिएफ डबल लिगमा अपराजित रहेर च्याम्पियन बनेको थियो । त्यस्तै न्यु डायमन्ड लिगको १२ मध्य ९ खेल जित्दै दोस्रो भएको हो ।

विधागततर्फ न्यु डायमन्डकै जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर तथा प्रगति नाथ उत्कृष्ट सेटर घोषित भए । पुलिसकी शान्तिकाला तामाङ उत्कृष्ट लिबेरो तथा आर्मीकी कप्तान सुनिता खड्का उत्कृष्ट ब्लकर घोषित भइन् ।

च्याम्पियन एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक बन्दा आर्मीकी सुनिता राई उत्कृष्ट सर्भर बनिन् । एपिएफकी सृष्टि खड्गीले पनि उदियमान खेलाडी बन्दै १० हजार रुपैयाँ पाइन् ।

प्रतियोगिताको विजेता एपिएफले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता न्यु डायमन्डले २ लाख ५० हजार पायो । तेस्रो भएको पुलिसले १ लाख २५ हजार तथा चौथो स्थानको आर्मीले ७५ हजारमा चित्त बुझायो । -हाम्रो खेलकुदबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?