दार्चुला । चितवनमा एक व्यक्तिको घाँटीमा भात अड्किएर मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर ६, शान्तिटोल घर भएका ६८ वर्षका आइतराम कुमालको सोमबार बेलुका खाना खाने क्रममा अड्किदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार बेलुकाको खान खान लाग्दा कुमालको घाँटीमा भात अड्किएको थियो । भात अड्किएर बेहोस भएका उनलाई सोमबार बेलुका नै भरतपुर अस्पताल ल्याएपछि डाक्टरले मृत घोषित गरेका हुन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया