दार्चुलामा जडीबुटीसहित जिप र चालक नियन्त्रणमा

दार्चुला । दार्चुलामा जडीबुटी बरामद गरिएको छ। मार्मा गाउँपालिका वडा नम्बर २ लटिनाथ स्थित चेक प्वाईन्टबाट अवैध रुपमा ल्याईरहेको ४ क्विन्टल ६२ किलो जडीबुटी पासणभेद मंगलवार साँझ प्रहरीले बरामद गरेको जनाएको छ।

ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट खटिएको प्रहरी टोलीले मार्मा गाउँपालिका-५ मुरैबाट लटिनाथ तर्फ आउदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जडिबुटी फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

उक्त जडिबुटीसहित जिप र जिप चालक मार्मा गाउँपालिका-४ का ३२ वर्षीय दिनेश बिष्टलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?